काठमाडौं । नेपालमा काेराेना भाइरसका ७६२ जना सङ्क्रमित थपिएका छन् । ११ हजार ५८२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ७६२ जनामा सङ्क्रमित थपिएका हुन् । चार हजार ४६० वटा एन्टीजेन परीक्षण गर्दा २०६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ११४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १८० जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १६ हजार २४८ जना छन् ।
प्रकाशित मिति: १९ आश्विन २०७८, मंगलवार १९:२३