काठमाडौं । नेपालमा काेराेना भाइरसका ५७४ जना सङ्क्रमित थपिएका छन् । सात हजार २५३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५७४ जना सङ्क्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक हजार १२३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १३४ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ९३२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३३७ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् । नेपालमा हाल १० हजार ९४६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: ५ कार्तिक २०७८, शुक्रबार १८:५३