काठमाडौं । नेपालमा काेराेना भाइरसका ३८५ जना संक्रमित थपिएका छन् । छ हजार नौ सय ६६ जनामा आरटी–पिसिआर र एक हजार १११ गरिएको एनटीजेन परीक्षणमा ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा आरटी–पिसिआर परीक्षण गर्दा तीन सय ८५ जनामा र एनटीजेन परीक्षणबाट छ जनामा कोरोना संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ६८० जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: ३१ आश्विन २०७८, आईतवार १९:२७