काठमाडौं । नेपालमा काेराेना भाइरसका एक हजार ३६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नाै हजार ६२४ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३६ जनामा सङ्क्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ९३६ वटा एन्टीजेन परीक्षण गर्दा २९४जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ८३० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ५३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: ५ आश्विन २०७८, मंगलवार २०:४०