काठमाडौं । नेपालमा काेराेना भाइरसका एक हजार १६५ जना सङ्क्रमित थपिएका छन् । सो अवधिमा ११ हजार २०८ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १६५ जना सङ्क्रमणित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही अवधिमा तीन हजार ९७१ वटा एन्टीजेन परीक्षण गर्दा ३४६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ६८९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कुल सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ७४ लाख ५२ हजार १५ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार दुई जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
बिहीबारसम्म नेपालमा २५ हजार ७७२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: ३१ भाद्र २०७८, बिहीबार २०:३८