काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ ।
समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दिनुभयो । काँग्रेसले यसअघि १०१ स्थानका क्रियाशील सदस्यता विवरण सार्वजनिक गरी सकेको छ ।
आज सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीउपर कुनै उजूरी, गुनासा वा सुझाव भएमा समितिमा उजूरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । आगामी असार ६ गतेपछि प्राप्त भएका उजूरीउपर कुनै सुनुवाइ नहुने पार्टी कार्यालयले जनाएको छ ।
सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र नवीकरण तर्फका जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याउन वा नाम समावेश गराउन असार ६ गतेभित्र नै लेखी पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
सार्वजनिक गरिएका सबै जिल्ला र क्षेत्रले आफूअन्तर्गतका वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपि तथा आवश्यक विवरण एक हप्ताभित्र अनिवार्यरुपमा केन्द्रीय कार्यालयमा पठाउन काँग्रेसले निर्देशन दिएको छ ।
प्रस्ताव गरिएका थप ३३ जिल्लाका ६५ स्थानको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि, नेपाली कांग्रेसको आधिकारिक वेवसाइट www.nepalicongress.org मा सार्वजनिक गरिएको छ । यस अघि १०१ स्थानको सार्वजनिक गरी सकिएको छ ।
प्रदेश नं. १
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ मोरङ—१ नवीकरण/नयाँ
२ मोरङ—२ नवीकरण/नयाँ
३ मोरङ—३ नवीकरण/नयाँ
४ मोरङ—४ नवीकरण/नयाँ
५ मोरङ—६ नवीकरण/नयाँ
६ सोलुखुम्बु नवीकरण/नयाँ
७ सुनसरी—२ नवीकरण/नयाँ
८ धनकुटा नवीकरण/नयाँ
प्रदेश नं. २
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ सिरहा—१ नवीकरण/नयाँ
२ सिरहा—२ नवीकरण/नयाँ
३ सिरहा—४ नवीकरण/नयाँ
४ महोत्तरी—३ नवीकरण/नयाँ
५ सर्लाही—२ नवीकरण/नयाँ
६ सर्लाही—३ नवीकरण/नयाँ
७ सर्लाही—४ नवीकरण/नयाँ
८ रौतहट—१ नवीकरण/नयाँ
९ रौतहट—२ नवीकरण/नयाँ
१० रौतहट—४ नवीकरण/नयाँ
११ पर्सा—१ नवीकरण/नयाँ
१२ पर्सा—२ नवीकरण/नयाँ
१३ पर्सा—३ नवीकरण/नयाँ
१४ धनुषा—२ नवीकरण/नयाँ
१५ धनुषा—३ नवीकरण/नयाँ
१६ धनुषा—४ नवीकरण/नयाँ
बागमती प्रदेश
क्र.सं. जिल्ला/क्षेत्र विवरण
१ काठमाडौं—२ नवीकरण/नयाँ
२ काठमाडौं—३ नवीकरण/नयाँ
३ काठमाडौं—५ नवीकरण/नयाँ
४ काठमाडौं—६ नवीकरण/नयाँ
५ काठमाडौं—७ नवीकरण/नयाँ
६ काठमाडौं—८ नवीकरण/नयाँ
७ काठमाडौं—९ नवीकरण/नयाँ
८ काठमाडौं—१० नवीकरण/नयाँ
९ मकवानपुर—१ नवीकरण/नयाँ
१० भक्तपुर—१ नवीकरण/नयाँ
११ ललितपुर—१ नवीकरण/नयाँ
१२ ललितपुर—३ नवीकरण/नयाँ
१३ नुवाकोट—१ नवीकरण/नयाँ
१४ नुवाकोट—२ नवीकरण/नयाँ
१५ धादिङ—२ नवीकरण/नयाँ
१६ रामेछाप नवीकरण/नयाँ
गण्डकी प्रदेश
क्र.सं. जिल्ला/क्षेत्र विवरण
१ तनहुँ—२ नवीकरण/नयाँ
२ स्याङ्जा—१ नवीकरण/नयाँ
३ स्याङ्जा—२ नवीकरण/नयाँ
४ पर्वत नवीकरण/नयाँ
५ मुस्ताङ नवीकरण/नयाँ
६ नवलपुर—२ नवीकरण/नयाँ
लुम्बिनी प्रदेश
क्र.सं. जिल्ला/क्षेत्र विवरण
१ बाँके —१ नवीकरण/नयाँ
२ रुपन्देही—१ नवीकरण/नयाँ
३ रुपन्देही—३ नवीकरण/नयाँ
४ रुपन्देही—४ नवीकरण/नयाँ
५ दाङ—१ नवीकरण/नयाँ
६ दाङ—२ नवीकरण/नयाँ
७ दाङ—३ नवीकरण/नयाँ
कर्णाली प्रदेश
क्र.सं. जिल्ला/क्षेत्र विवरण
१ जुम्ला नवीकरण/नयाँ
२ सुर्खेत—१ नवीकरण/नयाँ
३ सुर्खेत—२ नवीकरण/नयाँ
४ डोल्पा नवीकरण/नयाँ
५ सल्यान नवीकरण/नयाँ
सुदूरपश्चिम प्रदेश
क्र.सं. जिल्ला/क्षेत्र विवरण
१ अछाम—२ नवीकरण/नयाँ
२ कैलाली—१ नवीकरण/नयाँ
३ कैलाली—२ नवीकरण/नयाँ
४ कैलाली—४ नवीकरण/नयाँ
५ कैलाली—५ नवीकरण/नयाँ
६ बझाङ नवीकरण/नयाँ
७ बैतडी नवीकरण/नयाँ
प्रकाशित मिति: ३१ जेष्ठ २०७८, सोमबार १४:५०