सुर्खेत- असार १९, कर्णालीका दैलेख र रुकुमपश्चिम सहित देशभर २२ जिल्ला पहिरोको उच्च जोखिममा छन् रहेका छन्।
विपदको जोखिमलार्इ हेरेर अरु ५३ जिल्लालाई उच्चजोखिमयुक्त भनेर वर्गीकरणसमेत गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी/पहिरोसहित सबैखाले विपद्बाट १८ देखि २० लाख जनसङ्ख्या प्रभावित हुनसक्ने जनाएको छ।
प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार हिमाल र पहाडका धेरैजसो जिल्लामा पहिरो र तराई/मधेस क्षेत्रमा बाढीको जोखिम रहेको बताउनु भयो।
सरकारले बाढी/पहिरोको घटनामा उद्धार तथा राहतमा ढिलाइ नगर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
जोखिम क्षेत्रका बासिन्दा आफैँ चनाखो हुन सके क्षति कम हुन सक्ने विज्ञहरुले बताएका छन।
जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाका निमित्त प्रमुख श्रीकमल द्विवेदीले बाढी/पहिरोबाट हुने क्षति कम गर्ने कुरामा आवश्यक काम हुन नसकेको बताउनु भयो।
अझ विपद् पूर्वको तयारीकालागि काम गर्ने बलियो र प्रभावकारी संयन्त्रकै अभाव रहेको उहाँको भनार्इ छ।
पहिरो प्रभावित क्षेत्रमा पालिका तह वा स्थानियवासीले बर्खामा भल मात्रै व्यवस्थित गर्न सके पनि पहिरोको जोखिमलाई टार्न सहयोग पुग्ने उहाँको भनार्इ ।
आफ्नो घर बस्ती वरपरको जमिन अवस्था हेरेर भल, कुलेसो तथा चिरा परेका ठाउँलाई बेलैमा व्यवस्थित गर्न उहाँको सुझाव छ।
प्रकाशित मिति: १९ असार २०७९, आईतवार १७:४५