काठमाडौ २५ भदौ– शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले सहकारीका विकृति, विसंगति अन्त्य गर्नका सहकारी ऐनमा नियमनका कुरा स्पष्ट व्यवस्था गरिने वताएका छन् ।।
उपलब्धि बहुउद्देश्यि सहकारी संस्थाको आठौं साधारणसभालाई संवोधन गर्दै मन्त्री केसीले सहकारीका सस्दयलाई केन्द्रीत गरेर सहकारी ऐन आउनेमा विश्वस्त हुन आग्रह गरे ।
नियमनको कमजोरीका कारण सहकारीमा समस्या सिर्जना भएको बताउँदै सहकारीविना नेपाली कांग्रेसले परिकल्पना गरेको समाजवादको परिकल्पना गर्न नसकिने पनि प्रष्ट गरे ।
सहकारीमार्फत आर्थिक संमृद्वि निश्चित भएकाले राज्यले सहकारीलाई विशेष जोड दिने पनि बताउनुभएको थियो ।
पूर्व अर्थमन्त्री शंकरप्रशाद कोइरालाले सहकारीले लगानी विविधीकरणमा जोड दिनुपर्नेमा जोड दिए ।
हरेकपल डटकमका प्रधानसम्पादक तथा यस नेपालवाणी नेटवर्कका सल्लाहकार पुरुषोत्तम दाहालले सहकारीले व्यवसायिक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले गरिबी निवारणका सबै काम सहकारीमार्फत लैजान चाहेको वताए ।
महेन्द्रनारायण निधि मेमोरियल स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष भानुभक्त ढकालले सहकारी ऐनको मस्यौदा संसदमा पुगेको भएपनि पारित हुदाँ सहकारीमैत्री भएर आउने विश्वास व्यक्त गरे ।
राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्रप्रशाद ढकालले सहकारीलाई लगानी गर्न समस्या रहेको भन्दै अब बन्ने ऐनले सहकारीमार्फत उद्योग स्थापना गर्न सकिने व्यवस्था गर्न विशेष जोड दिनुपर्ने उल्लेख गरे ।
प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार १९:१६