राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन आयोजनाको भौतिक प्रगति ५८ प्रतिशत मात्र सकिएको छ ।आर्थिक वर्ष २०७१/७२ बाट निर्माण शुरु भएको आयोजना सम्पन्न हुन अझै तीन वर्ष लाग्ने देखिएको छ।
आर्थिक बर्ष २०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य लिएर सुरु गरिएको आयोजना कोरोना महामारी,बाढि पहिरो कारण देखाएर ढिलाइ भएको जनाइएको छ।
चालु आर्थिक बर्षको ६ महिनासम्म ५८ दशमलव ५ प्रतिशत प्रगति भएको छ भने वितित्य तर्फ ४२ दशमवल ८२ प्रतिशत भएको आयोजनाले जनाएको छ।निर्धारित समय अगावै पहिलो चरणको काम सम्पन्न गरेको भेरी–बबई डाइभर्सन आयोजना अहिले धमाधम दोस्रो चरणका कार्य अघि बढाएको हो ।
अहिले बाँध र विद्युत गृहसहितका निर्माण कार्य भइरहेको भेरी–बबई डाइभर्सन आयोजनाले जनाएको छ।हाल बाँध, विद्युतगृह, हाइड्रो मेकानिकल निर्माण लगाएतका काम भइरहेको छ।
कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/०८० सम्म सक्नुपर्ने हुन्छ।हालसम्म आयोजनाको प्रगति उत्साहजनक देखिएको आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इञ्जिनीयर लेखनाथ सुवेदीले जानकारी दिएनुभयो।
उहाँले अहिले आयोजनाको मुख्य काममा दुई सय जनाले नियमित काम गरिरहेका भन्दै कामको चाप बढेसँगै कामदारको संख्या पनि वृद्धि हुने बताउनुभयो।
आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड ७७ लाख रहेको छ।यसैबीच भेरी–बबई डाइभर्सन अन्तर्गत मूल आयोजनाको काम धमाधम चलिरहँदा थप आयोजना प्रस्तावको रूपमा राखिएको छ।
बबई मानखोला आयोजनालाई प्रस्तावको रूपमा राखिएको हो।बर्दिया र बाकेको थप क्षेत्रमा सिञ्चित गर्ने र त्यहाँबाट १२ मेघावट विद्युत निकाल्ने उद्देश्य राखिएको छ ।
प्रकाशित मिति: २९ माघ २०७९, आईतवार १७:०९