• schedule सोमवार, मंसिर ३०, २०७६

    राजधानी र नाम छिटो टुङ्ग्याउनुस् : अध्यक्ष दाहाल

    १० मंसिर २०७६, मंगलवार १३:३७

    Sharing is caring!

    हेटाैँडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं– ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गर्नुभएको छ ।

    अध्यक्ष दाहालले अब यही विषयमा अड्केर बस्ने समय नरहेको उल्लेख गर्दै राजधानी र नामको विषय सकेर विकास निर्माणमा केन्द्रित हुनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । वर्तमान सरकारलाई विकास निर्माण गरेर आमूल परिवर्तन गर्ने अवसरसँगै सबै संरचना नयाँ बनाउँदा आएका जटिलताका विषयमा चुनौती पनि रहेको अध्यक्ष दाहालको भनाइ छ ।

    उहाँले कतिपय कानून बनिसकेको र कतिपय बन्न बाँकी रहेकाले अब विकास निर्माणले छलाङ मार्ने बताउँदै नेपालको विकासको गति सन्तोषजनक रहेको अन्तर्राष्ट्रिय एजेन्सीले बताइरहेको समेत बताउनुभयो ।

    आसन्न उपनिर्वाचनमा नेकपाप्रति जनता उत्साहित रहेको उल्लेख गर्दै उहाँले अब आफूले अली बढी पार्टी र सङ्गठनमा जोडबल दिने भनी गरिएको निर्णयानुसार उपनिर्वाचन भएको स्थानमा पुग्दा त्यहाँ चुनाव र पार्टीप्रति जनता सकारात्मक देखिएकोले परिणाम फेरि नेकपाकै पक्षमा हुने विश्वास व्यक्त गर्नुभयो । संविधानमा उल्लेख भएअनुसारको समाजवाद निर्माण गर्न नेकपाका दुवै अध्यक्षले भूमिका खेलिरहेको पनि उहाँले जनाउनुभयो । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares