• schedule सोमवार, मंसिर ३०, २०७६

    आठ करोड लागतमा प्रादेशिक शहीद स्मृति पार्क निर्माण

    ३ मंसिर २०७६, मंगलवार १६:१८

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आठ करोड भन्दा बढी लागतमा शहीद स्मृति पार्क निर्माण कार्य थालिएको छ ।

    प्रदेश प्राप्तिका लागि ज्यान गुमाएका कर्णालीका चार शहीदको स्मृतिमा कर्णाली प्रदेशको वन तथा वातावरण निर्देशनालयले वीरेन्द्रनगर ४ खोर्के भंगेरीचौरस्थित भैरम सामुदायिक वनको हाताभित्र शहीद स्मृति पार्कको निर्माण कार्य थालेको हो । प्रदेश आन्दोलनमा सुर्खेतबाट यामबहादुर विसी, गोपालसिं रजौरे र टिकाराम गौतमले ज्यान गुमाएका थिए । ज्यान गुमाएका शहीदहरुको सम्मानमा प्रदेश सरकारले पार्क निमार्ण गर्न लागेको हो ।

    शहीद पार्क निर्माणलाई क्रमागत योजनामा राखेर कर्णाली प्रदेशको वन तथा वातावरण निर्देशनालयले यस वर्षकालागि २ करोड ५० लाख बजेट विनियोजन गरिएपनि एक करोड २८ लाखमा निर्माण कम्पनीसंग सम्झौता गरिएको छ ।

    वन तथा वातावरण निर्देशनालयकाे भू तथा जलाधार व्यवस्थापन अधिकृत शिखर चपाईंले शहीदपार्क निर्माणको काम गतबर्षदेखि नै सुरु हुनुपर्ने भएपनि कर्मचारी समायोजन, कार्यालय खारेजका कारण एक बर्ष ढिलाई भएको बताउनुभयो । उहाँका अनुसार यो पार्क आठ करोड बढीको लागतमा निर्माण हुनेछ ।

    यसबर्ष पार्कका लागि दुई करोड ५० लाख बजेट बिनियोजन भएको र त्यसबाट एक करोड २८ लाखको टेण्डर भइ काम थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पार्कमा शहीद स्तम्भ, बाल उद्यान, बनस्पति उद्यान, बनभोज पार्कलगायतका संरचनाहरु निर्माण गरिनेछ ।

    प्रदेश सरकारले क्रमागत योजना भएकाले आगामी वर्षहरुमापनि पार्कलाई बजेट विनियोजन गरेर निर्माणलाई तिब्रता दिनु पर्ने कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री यामलाल कंडेलले बताउनु भयो । उहाँले शहीदहरुको योगदानलाई स्मरण गराउँदै प्रदेश राजधानीमा अर्को पर्यटकीय क्षेत्रको विकास हुनलागेको जनाउनु भयोे । पार्कको कामलाई कुनैपनि बाहानामा बिचमा नरोक्न, अलपत्र नपार्न निर्माण कम्पनीलाई सुझाव दिदैं नेता कंडेलले वरिपरिका समुदायहरुले पनि अपनत्व महशुस गरेर समयमै सक्नका लागि पहल, दवाव र निगरानी गर्न आव्हान गर्नुभयो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares