• schedule सोमवार, मंसिर २३, २०७६

    वार्ताका माध्यमबाट सीमा विवाद हल गर्नुपर्छ : सभापति देउवा

    ३० कार्तिक २०७६, शनिबार ११:५०

    Sharing is caring!

    कञ्चनपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताउनुभएको छ । उहाँले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।

    नेपाल प्रेस युनियन कञ्चनपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाउनुभयो । पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताउनुभयो ।

    “कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो”, उहाँले भन्नुभयो, “सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।”

    महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उहाँको भनाइ थियो । भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares