सोमवार, असार २२, २०७७

प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

२१ कार्तिक २०७६, बिहीबार १५:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख शर्मिलाकुमारी पन्तले आज प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गरेपछि कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै पन्तले प्रचलित कानूनअनुसार आफूले पाएको जिम्मेवारी र कर्तव्य पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“सबैको सहयोग प्राप्त हुनेछ ।” यसअघि उहाँ प्रदेश प्रमुखको कार्यालयका पुग्दा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका उपसभामुख, र सदस्य, प्रमुख सचिव र अन्य सचिव, प्रदेश प्रमुखको कार्यालयका कर्मचारीलगायतले स्वागत गर्नुभएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
5 Shares
Tweet
Pin
Share