मुगु । सामान्य शल्यक्रिया गर्न जुम्ला तथा अन्य सुविधा सम्पन्न अस्पतालहरुमा जानु पर्ने बाध्यताबाट मुगाली मुक्तभएका छन् ।
मुगु जिल्ला अस्पतालमा विगत लामो समय देखि विशषेज्ञ चिकित्सक नहुँदा मुगााली विरामी पर्दा कुनै शल्यक्रिया गर्नु परेमा कि त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला वा देशका अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर हुने गर्दथे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशषज्ञ सेवाका लागि मुगु जिल्ला अस्पतालमा एमडिजिवी डाक्टर सिदार्थ धोज खाती पठाएपछि जटिल अप्रेसन तथा विशेषज्ञ सेवा जिल्लामा उपलब्ध हुने भएको छ ।
आन्द्रामा प्वाल परेका विरामीको सफलअप्रेसन
जिल्ला अस्पताल मुगुको पहलमा कर्णाली प्रदेश सरकारको समन्वय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलब्धतामा मुगु अस्पतालमा आउनु भएका एमडिजिपी डाक्टरले आन्द्रामा प्वाल परेका विरामीको आइतबार सफल अप्रेसन गर्नुभएको छ ।
लामो समय देखि पेट दुख्ने पिडाबाट ग्रसित छायाँनाथ रारा नगरपालिका वडा नं ५ ढुम गाउँका ४५ वर्षीय सुरेन्द्र बहादुर बुढाको आन्द्रामा परेको प्वालको डाक्टर खातीले सफल अप्रेसन गर्नु भएको डाक्टर शुशिल मल्लले जानकारी गराउनु भयो ।
चेकजाँचपछि आन्द्रामा प्वाल परेको र आफुले अप्रेसन गर्ने बताएपछि नपत्ताएका विरामी तथा उनका आफन्तहरुले जिल्ला बाहिर रिफर गर्न दवाव दिएका थिए । अस्पतालका स्वास्थ्यकर्मी तथा अन्य चिकित्सकहरुले यो सेवा जिल्ला मै उपलब्ध रहेको र विशेषज्ञ डाक्टर समेत भएको र केही भए सबै जिम्मेवारी हामी लिन्छौ भनेर विश्वास दिलाएपछि बुढा अप्रेसनका लागि मन्जुर भएका थिए ।
मुगु जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सानो अपे्रसन गर्नु परे पनि जिल्ला बाहिरका अन्य अस्पतालमा रिफर हुनु पर्ने अवस्था थियो ।
विकटताका कारण मुगाली सानो खर्चको उपचार गर्न ठुलो यातायात र बास खर्च गरेर सुविधा सम्पन्न अस्पतालमा जाने गर्दथे ।
आन्द्राको प्वालको जस्तो जटिल अप्रेसन पनि मुगुमा होला भनेर विश्वास सै गरेका थिएनौ यहि अप्रेसन गर्न लाखौ खर्च गर्नु पथ्र्यो ऋण लाग्थ्यो तर निःशुल्कमा जिल्ला अस्पतालमा अपे्रसन भयो, हाम्रो लागि त भगवान नै मुगुमा आए जस्तो भयो विरामी बुढाले बताउनु भयो ।
सामान्य विरामी चेकजाँच र अप्रेसन जिल्ला अस्पतालमा हुने गरेपनि यस्तो खालको अप्रेसन जिल्ला मै पहिलो चोटी भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताउनु भयो । विशेषज्ञ डाक्टर आएपछि हामीले मुख्य गरेर फिस्टुला लगायत अन्य जटिल अप्रेसनका सेवा जिल्ला मै दिन सक्ने भएका छौ र अन्य सेवाका लागि पनि विशेषज्ञ चिकित्सक जिल्लामा पठाई दिन प्रदेश सरकारसँग माग गर्दै आएको पनि कार्यालय प्रमुख डाक्टर नगरकोटीले बताउनु भयो ।
प्रकाशित मिति: २० आश्विन २०७७, मंगलवार १३:२३