सुर्खेत । अगष्ट १२ का दिन विश्व भर मनाईदै आएको अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइयो । शिक्षामा रुपान्तरण उघमशीलता र नवप्रवर्तन भन्ने नाराकासाथ युवाहरुको व्यापक सहभागितामा अमेरिकन कर्नर सुर्खेत युथफोरम, एस.ओ.एस.बालग्राम, सुर्खेत र एस.ओ.एस हर्मन माईनर विद्यालयको संयुक्त समन्वयमा कर्णाली प्रदेश सुर्खेतमा पनि विभिन्न रचनात्मक एवं अन्तरक्रियात्मक कार्यक्रम गरेर भव्य रुपमा युवा दिवस मनाइएको हो ।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कडेल, कोषाध्यक्ष भद्र भण्डारी, वरिष्ठ बाल चिकित्सक नवराज के.सी. लगायतको सहभागीतामा कार्यक्रम गरिएको हो । कविता वाचन, सांंगीतिक प्रस्तुति, नृत्य, अभिप्रेणात्मक वक्तव्य, युवा व्यवसायिक अन्तरक्रिया, सफल कथा वाचन, अनुभव साझा गर्ने जस्ता चरणमा कार्यक्रम गरिएको थियो ।
यस्तै अमेरिकन कर्नर ईलाम र अमेरिकन कर्नर विराटनगरले कार्यक्रममा भ्रचुअल सहभागित जनाएको थियो । जसले कार्यक्रमको परिधि फराकिलो पार्दै तिन वटा जिल्लाका युवाहरुलाई एकै मञ्चमा जोडेको थियो । जुनकुरा आफैमा एक नयाँ प्रयोग बन्न पुगेको थियो ।
एस.ओ.एस. बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले वर्तमान परिप्रेक्ष र युवाको देश निर्माणमा भुमिका प्रष्ट्याउनु भयो । उहाँले युवा शब्द आफैमा एक जागरण हो जसलाई उल्टो बनाउँदा अर्को शब्द वायु बन्छ, हो त्यहि वायु जसले देशका आसुले भिजेका पाना पल्टाउन सक्ने सामाथ्र्य युवामा भएको धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीसँग उद्यमशिलता, व्यवसाय र युवाका विषयमा प्यानल डिस्कसन भएको थियो । उक्त कार्यक्रममा ए.ओं.एस. हर्मन मा.वि.कै छात्रा अनिता शाहीले नेतृत्व गर्दै पदाधिकारीहरु समक्ष विभिन्न सवालजवाफ राख्नु भएको थियो ।
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले आफ्नो व्यवसायीक जीवनका अविस्मरणीय पलहरु साझा गर्दै युवाहरुलाई उद्यमशिलता र व्यवसायमा हुम्मिन आव्हान गर्नु भएको थियो व्यवसायीक यात्रामा आएका चुनौती, अवसरका वारेमा चर्चा परिचर्चा गर्नु भएको थियो ।
यसैगरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष भद्र भण्डारीले देश विदेशका यात्रा संस्मरण प्रस्तुत गर्दै व्यवसायीक चर्चा गर्नुभएको थियो । उहाँले आजका नवयुवा सफल भन्दा पनि असल हुन आवश्यक भएको धारणा व्यक्त गर्नु भयो ।
अमेरिकन कर्नर युथफोरमका कवि विज्ञान राजकार्की र अर्जुुन आचार्यले आफ्ना कविता प्रस्तुत गर्नु भएको थियो । उक्त विद्यालयका सं–साना विद्याथीहरुका कविता वाचनले पनि कार्यक्रमलाई थप रोमाञ्चक र साहित्यिक बनाएको थियो ।
कार्यक्रमको सांगीतिक प्रस्तुतिमा अमेरिकन कर्नर युथफोरमलाई प्रतिनिथित्व गर्दै संयोग नेपाल म्युजिक व्यान्डले भव्य प्रस्तुति दिएको थियो । उक्त प्रस्तुतिलाई नेतृत्व गर्दै युवा संगीतकार रविन खड्काले आफ्नो गीत प्रस्तुत गर्नूभएको थियो । कार्यक्रमको सांगीतिक चरणको मुख्यआकर्षणका रुपमा सुर्खेतकै पहिलो महिला डम्मर सपना वुढा मगर रहनुभएको थियो । यस्तै संगीतकार प्रशान्तजंग शाहीको गितार बजाउने कला प्रंशसनीय थियो ।
अमेरिकन कर्नर युथफोरमका सदस्य दिव्य राज खड्काले आफ्नो जीवन कथा, चुनौती र अनुभव साट्दै युवालाई अभिप्रेणा दिने प्रयास गर्नुभयो यस्तै अर्को युवान विन देवकोटाले विद्यार्थी जीवन, भविष्य र सफलताका बारेमा अनुुकरणीय मन्तव्य व्यक्त गर्नु भएको थियो ।
मुख्य त अन्तर्राष्ट्रिय युवा दिवसमा यसरी युवालाई जागरण गर्ने जमर्को गदै विचार विश्लेषण गर्नु युवाका लागि फलदायी भएको धारणा व्यक्त गर्दै वरिष्ठ बाल चिकित्सक नबराज के.सी.ले मन्तव्य दिनु भएको थियो । उहाँले विद्यालयको औपचारिक ज्ञान र पुस्तकले त विद्यार्थीको २५ प्रतिशत जीवन सुखी बनाउन सक्छ, बाँकी जीवन खुसी बाँडेर समाजका लागि बाच्नुमा छ भन्ने कुरा औल्याउदै युवालाई प्रेणा दिनुभयो ।
यस्तै अमेरिकन कर्नर सुर्खेतका कार्यक्रम संयोजक हृदेश कुमार के.सी.ले कार्यक्रमको विश्लेषण गर्दै कर्नरमा हुने कार्यक्रमहरुमा युवा सहभागीताको लागि प्रोत्साहन गर्नु भएको थियो । अमेरिकन कर्नरमा संचालित कार्यक्रमहरु कन्भरसेसन क्लव, मेकर स्पेस, मुभिकल्व, म्युजिक व्यण्ड, युथफोरम, सडक कवि धडक कविता जस्ता रचनात्मक कार्यक्रमहरु बालबालिका, युवा सचेतना र सिकाईका लागि राम्रो अवसर बनिरहेको कुरा प्रस्तुत गर्नुभएको थियो ।
एस.ओए.एस.हर्मन माईनर .मा.वि.का प्राचार्य जगदिश ढकालले कार्यक्रमको प्रसंशा गर्दै युवाहरुलाई यो कार्यक्रम एक ठूलो सिकाई बनेको कुरा प्रस्तुत गर्नुभयो । उहाँले आगामी दिनहरुमा युवाका लागि यस्तै अवसर जुटाउँदै एक सभ्य समाजको परिकल्पना गर्न युवाहरुलाई प्रोत्साहन गर्ने कुरा बताउनुभयो । कार्यक्रम संचालिका टिका पाण्डेको ससक्त उदघोषण कलाले कार्यक्रमभव्य र सभ्यबन्न टेवा पर्याएको थियो ।
प्रकाशित मिति: २७ श्रावण २०७६, सोमबार २१:०४