बुधबार, साउन १३, २०७८

काेराेना भाइरसका एक हजार ३१० सङ्क्रमित थपिए

२ श्रावण २०७८, शनिबार २१:३२
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा काेराेना भाइरसका एक हजार ३१० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको छ हजार ८५८ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् । तीन हजार २०८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार १६४ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण २१ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ५२७ जनाको मृत्यु भैसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share