बुधबार, साउन २०, २०७८

काेराेना भाइरसका एक हजार ४२१ सङ्क्रमित थपिए

६ असार २०७८, आईतवार २०:३९
खबरइरा संवाददाता

काठमाडौँ । नेपालमा काेराेना भाइरसका एक हजार ४२१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ६७७ जनाको पिसिआर तथा चार हजार २४९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ४२१ र एक हजार २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पिसिआर पोजेटिभ ६ लाख २१ हजार ५६ र एन्टिजेन पोजेटिभ २६ हजार ५९५ पुगेको छ । हालसम्म ३२ लाख ५९ हजार २६६ को पिसिआर र एक लाख ४२ हजार ५६२ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ४५६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या पाँच लाख ५६ हजार ७९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५१ जनाको मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या आठ हजार ७२६ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share