बुधबार, साउन २०, २०७८

कोरोना भाइरस एक हजार ६८८ सङ्क्रमित थपिए

५ असार २०७८, शनिबार २२:२९
खबरइरा संवाददाता

काठमाडौँ । नेपालमा काेराेना भाइरसका एक हजार ६८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार १० जनाको पिसिआर तथा चार हजार ६८६ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ६८८ र ७१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पिसिआर पोजेटिभ ६ लाख १९ हजार ६३५ र एन्टिजेन पोजेटिभ २५ हजार ५७४ पुगेको छ । हालसम्म ३२ लाख ६२ हजार ५८९ को पिसिआर र एक लाख ३८ हजार ३१३ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ६६० जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या आठ हजार ६५७ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share