बुधबार, साउन २०, २०७८

कोरोना भाइरसका एक हजार ९६६ सङ्क्रमित थपिए

४ असार २०७८, शुक्रबार २०:०७
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ९६६ सङ्क्रमित थपिएका छन् । पछिल्लाे २४ घण्टामा सात हजार ५६९ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९६६ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितकाे संख्या छ लाख १७ हजार ९४७ पुगेको छ । एन्टीजेन विधिबाट पोजेटिभ पाइएकाहरुको सङ्ख्या २४ हजार ८६१ छ । हाल नेपालमा ५९ हजार ६२४ जना सक्रिय सङ्क्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा चार हजार २० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४९ हजार ६८२ जना कोरोनामुक्त भएका हुन् ।

पछिल्लाे २४ घण्टामा ४४ जना सङ्क्रमितको कोरोना सङ्क्रमणले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणको कारणले आठ हजार ६४१ जनाको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share