बुधबार, साउन २०, २०७८

कोरोना भाइरसका दुई हजार ३८२ सङ्क्रमित थपिए

२९ जेष्ठ २०७८, शनिबार १७:१३
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ३८२ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आठ हजार ५०६ नमुनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ३८२ मा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितकाे संख्या छ लाख छ हजार ७७८ पुगेको जनाएको छ । एन्टीजेन विधिबाट पोजेटिभ भएका सङ्क्रमितको सङ्ख्या १९ हजार ७५७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार २९५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख २७ हजार १११ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ६१ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार ३६६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share