बुधबार, साउन २०, २०७८

कोरोना भाइरसका दुई हजार ७०९ सङ्क्रमित थपिए

२८ जेष्ठ २०७८, शुक्रबार १७:४४
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ७०९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नौ हजार ५९८ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ७०९ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितकाे संख्या छ लाख चार हजार ३९६ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार २२५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख २० हजार ८१६ निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६७ जना सङ्क्रमितका्े मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट हालसम्म आठ हजार ३०५ सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share