बुधबार, साउन २०, २०७८

कोरोना भाइरसका दुई हजार ८७४ सङ्क्रमित थपिए

२७ जेष्ठ २०७८, बिहीबार १८:२७
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार ८७४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नौ हजार ९०१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ८७४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा पीसीआर परीक्षणबाट सङ्क्रमणको पुष्टि भएका कोरोना सङ्क्रमितकाे संख्या छ लाख एक हजार ६८७ पुगेको छ । एन्टीजेन बिधिबाट हालसम्म १७ हजार ७१४ को रिपोर्ट पोजेटिभ आएको छ । हाल ७७ हजार ८५८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा पाँच हजार २९३ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म पाँच लाख १५ हजार ५९१ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ५९ जना सङ्क्रमितको मृत्यु भएको जनाएकाे छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार २३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share