बुधबार, साउन २०, २०७८

कोरोना भाइरसका तीन हजार ८७० सङ्क्रमित थपिए

२५ जेष्ठ २०७८, मंगलवार १७:११
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका तीन हजार ८७० सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६५ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितकाे संख्या पाँच लाख ९५ हजार ३६४ पुगेको छ । सोही अबधिमा पाँच हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार २८३ को रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा छ हजार ५७० सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा पाँच लाख चार हजार ५३० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०८ जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट हालसम्म आठ हजार ९८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share