बुधबार, साउन २०, २०७८

कोरोना भाइरसका तीन हजार ३७० सङ्क्रमित थपिए

२४ जेष्ठ २०७८, सोमबार १९:४५

काठमाडौं । नेपालमा कोरोना भाइरसका तीन हजार ३७० सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार २ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमितकाे संख्या पाँच लाख ९१ हजार ४९४ जना पुगेको जनाएको छ । हाल नेपालमा ८५ हजार ५४४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ९५१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म नेपालमा चार लाख ९७ हजार ९६० जना कोरोनामुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा ९२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने सात हजार ९९० पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share