बुधबार, साउन २०, २०७८

कोरोना भाइरसका तीन हजार २४ सङ्क्रमित थपिए

२३ जेष्ठ २०७८, आईतवार १७:०८
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका तीन हजार २४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दश हजार ४७१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितकाे संख्या छ लाख नाघेको जनाएकाे छ । मन्त्रालयले सङ्क्रमितकाे संख्या छ लाख एक हजार ६९३ पुगेको जनाएकाे छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा तीन हजार २६२ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ४५५ जनामा पोजेटिभ पाइएको छ ।

मन्त्रालयले पछिल्लाे २४ घण्टामा छ हजार ६३६ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म चार लाख ९१ ह्जार नौ जना कोरोनामुक्त भएका हुन् । पछिल्लाे २४ घण्टामा ९९ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म सात हजार ८९८ जनाले झयान गुमाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share