आइतवार, जेष्ठ ३०, २०७८

कोरोना भाइरसका नौ हजार २३८ सङ्क्रमित थपिए

२९ बैशाख २०७८, बुधबार १६:५७
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका नौ हजार २३८ जना सङ्क्रमित थपिएका छन् भने चार हजार ४४४ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ३६२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४२४ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६७ जनामा पोजेटिभ पाइएको जनाएकाे छ । पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार लाख २२ हजार ३४९ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको संख्या एक लाख एक लाख एक हजार ६३४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट नेपालमा हालसम्म चार हजार २५२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share