आइतवार, जेष्ठ ३०, २०७८

कोरोना भाइरसका ९ हजार ३१७ सङ्क्रमित थपिए

२८ बैशाख २०७८, मंगलवार १८:३५
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९हजार ३१७ सङ्क्रमित थपिएका छन् भने पाँच हजार २२५ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो अवधिमा परीक्षण २१ हजार ३१६ जनाको परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख १३ हजार १११ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल ९७ हजार ८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयका अनुसार हालसम्म तीन लाख १२ हजार १९ जना निको भएकोमा हालसम्म चार हजार ४८ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share