आइतवार, जेष्ठ ३०, २०७८

शुक्रराज अस्पतालमा किट अभावले पिसिआर रोकियो

२८ बैशाख २०७८, मंगलवार १६:३९
रासस

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताउनुभयो । उहाँले बाहिरबाट समयमा किट नआएपछि पिसिआर परीक्षण रोकिएको बताउनुभयो ।

“हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।” उहाँका अनुसार आगामी आइतबारदेखि पुनः पिसिआर गरिनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share