आइतवार, जेष्ठ ३०, २०७८

कोरोना भाइरसका नाै हजार १२७ सक्रमित थपिए

२७ बैशाख २०७८, सोमबार २०:४७
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ हजार १२७ सक्रमित थपिएका छन् भने चार हजार सात जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साे अवधिमा १८ हजार ४११ जनाकाे आरसीपीसीआर टेस्ट गरिएकाे थियाे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख ३७९४ पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हाल ९३ हजार १४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयका अनुसार हालसम्म तीन लाख ६७९४ निको भएको र हालसम्म तीन हजार ८५९ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share