शुक्रबार, बैशाख ३१, २०७८

कोरोना भाइरसका २६६ सङ्क्रमित थपिए

२३ चैत्र २०७७, सोमबार २१:२७
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका सङ्क्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा १०२ जना सङ्क्रमित निको भएका छन् । याेसँगै दुई लाख ७३ हजार ३४२ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ६७२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो २४ घण्टामा दुइजनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा तीनहजार ३६ जना सङ्क्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share