शुक्रबार, बैशाख ३१, २०७८

कोरोना भाइरसका १५६ सङ्क्रमित थपिए

१३ चैत्र २०७७, शुक्रबार २२:०१
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका १५६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ४१६ जनाको परीक्षण गरिएकोमा १५६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको जनाएकाे छ । पछिल्लो २४ घण्टामा ७० जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ३४२ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार २१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको मृत्युको पुष्टि भएको छैन् । हालसम्म तीन हजा २४ जना सङ्क्रमितले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share