शुक्रबार, बैशाख ३१, २०७८

कोरोना भाइरसका १२० सङ्क्रमित थपिए

१२ चैत्र २०७७, बिहीबार २०:३४
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका १२० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ८९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ५०९ पुगेको जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा ८५ जना सङ्क्रमित निको भएका छन् । निको भएका सङ्क्रमितको संख्या दुई लाख ७२ हजार २७२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मृत्युको पुष्टि भएको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share