शुक्रबार, बैशाख ३१, २०७८

कोरोना भाइरसका १४५ सङ्क्रमित थपिए

११ चैत्र २०७७, बुधबार २१:०९
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका १४५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थपिएका १४५ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ९६३ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा ९० जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार १८७ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार १८२ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । पछिल्लो २४ घण्टामा एकजनाकाे मृत्यु भएकाे छ । हालसम्म तीन हजार २० जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share