शुक्रबार, बैशाख ३१, २०७८

वातावरणको स्थापना दिवसमा जेष्ठ सदस्यलाई सम्मान

२ चैत्र २०७७, सोमबार २१:४२
खबरइरा संवाददाता

सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर सुर्खेतको अठारौं स्थापना दिवस विविध कार्यक्रमका साथ सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा संस्थाले आफ्ना जेष्ठ सदस्यहरुलाई सम्मान गर्नुको साथै उत्कृष्ट उद्यमी सदस्यहरुलाई पुरस्कृत समेत गरेको छ ।

स्थापना दिवसको अवसरमा संस्थाले ७० वर्ष भन्दा माथिका ६५ जना जेष्ठ सदस्यलाई हर्लिक्स, छाता, दोसल्लाका साथ सम्मान गरिएको थियो भने संस्थाबाट ऋण कारोबारो गरी उद्यमशीलतामा सफल उत्कृष्ट १२ जना उद्यमी सदस्यहरुलाई नगद सहित पुरस्कृत समेत गरिएको संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले बताउनुभयो ।

सो अवसरमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वातावरणले समुदाय स्तरमा सहकारी मात्र नभएर समग्र आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा अझ सदस्य तथा समुदायमुखी भएर आफ्ना सेवा क्रियाकलापहरुलाई प्रभावकारी किसिमले प्रवाह गर्न आग्रह गर्नुभयो ।

संस्था उपाध्यक्ष दुर्गा गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्णप्रसाद पौडेल, सचिव राधाकुमारी ढकाल लगायतले आआफ्नो भनाई राख्नुभएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share