शनिबार, फाल्गुन १५, २०७७

कोरोना भाइरसका २७० सङ्क्रमित थपिए

११ माघ २०७७, आईतवार २०:४४
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाका सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ४५० पुगेको जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा ४०३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ । पछिल्लो २४ घण्टामा ४०३ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेकाे संख्या दुई लाख ६४ हजार १३७ पुगेको छ । हाल तीन हजार ३१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो २४ घण्टाकाे अवधिमा सात जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । साे संख्यासँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार एक जना पुगेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share