शनिबार, फाल्गुन १५, २०७७

कोरोना भाइरसका २३२ सङ्क्रमित थपिए

१० माघ २०७७, शनिबार १९:२५
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका २३२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ५४१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३८६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका सङ्क्रमितको संख्या दुई लाख ६९ हजार १८० पुगेको छ । हाल तीन हजार ४५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८६ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना लागेर निको भएका ब्यक्तिको संख्या दुई लाख ६३ हजार ७३४ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । साे संख्यासँगै नेपालमा कोभिडबाट मृत्यु हुने एक हजार ९९४ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share