शनिबार, फाल्गुन १५, २०७७

कोरोना भाइरसका ३०२ सङ्क्रमित थपिए

९ माघ २०७७, शुक्रबार १८:३८
खबरइरा संवाददाता

काठमाडौ । नेपालका कोरोना भाइरसका ३०२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ५४५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३०२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिडका सङ्क्रमितको संख्या दुई लाख ६८ हजार ९४८ पुगेको जनाएको छ । हाल तीन हजार ६१४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयका अनुसार ४८० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ६३ हजार ३४८ जना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा सात जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share