शनिबार, फाल्गुन १५, २०७७

कोरोना भाइरसका ३३६ सङ्क्रमित थपिए

८ माघ २०७७, बिहीबार २०:२७
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २२६ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६२ हजार ८६८ जना सङ्क्रमित निको भइसकेका छन् ।

हाल तीनहजार ७९९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६८ हजार ३१० जना सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साे संख्यासँगै हालसम्म एक हजार ९७९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share