शनिबार, फाल्गुन १५, २०७७

कोरोना भाइरसका २४० सङ्क्रमित थपिए

३ माघ २०७७, शनिबार १९:२३
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका २४० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ८१९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सङ्क्रमणको साे संख्या पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४७७ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६१ हजार ४४ जना सङ्क्रमित निको भइसकेका छन् ।

हाल चार हजार ५८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ५६ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साे संख्या सँगै हालसम्म एक हजार ९५४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share