कोरोना भाइरसका २७० सङ्क्रमित थपिए
२ माघ २०७७, शुक्रबार २०:४१काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् भने ३९० जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म दुईलाख ६६ हजार ८१६ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६० हजार ५६७ जना सङ्क्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण पाँच जनाको मृत्यु भएको छ । साे संख्यासँगै अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।