कोरोना भाइरसका ४४५ सङ्क्रमित थपिए
२९ पुष २०७७, बुधबार १७:११काठमाडौं । नेपालमा कोरोना भाइरसका ४४५ जना सङ्क्रमित थपिएका छन् भने ४१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म दुईलाख ६६ ह्जार १४३ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ५९ हजार ७७२ जना सङ्क्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । साे संख्यासँगै अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९३७ पुगेको मन्त्रालयले जनाएकाे छ ।