कोरोना भाइरसका ४३० सङ्क्रमित थपिए
२८ पुष २०७७, मंगलवार १६:५६काठमाडौं । नेपालमा कोरोना भाइरसका ४३० जना सङ्क्रमित थपिएका छन् भने ३९० जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म दुईलाख ६५ ह्जार ६९८ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ५९ हजार ३५८ जना सङ्क्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । साे संख्यासँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ९३२ पुगेको छ ।