कोरोना भाइरसका ३६२ सङ्क्रमित थपिए
२५ पुष २०७७, शनिबार १९:५६काठमाडौं । नेपालमा कोरोना भाइरसका ३६२ जना सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा ६९९ जनाले कोरोना जित्न सफल भएकाे जनाएकाे छ । मन्त्रालयले हालसम्म दुईलाख ६४ ह्जार ५२१ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेकाे छ । हालसम्म निको हुनेको संख्या कुल दुई लाख ५७ हजार ९२८ पुगेको छ । हाल चार हजार ६८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको जनाएकाे छ । साे संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९१२ पुगेको छ ।