कोरोना भाइरसका ४०९ सङ्क्रमित थपिए
२२ पुष २०७७, बुधबार १९:१४काठमाडौं । नेपालमा कोरोना भाइरसका ४०९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा छ हजार ७०६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४०९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयले हालसम्म दुईलाख ६३ ह्जार १९३ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार १३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो २४ घण्टामा ४९५ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५६ हजार १६१ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको जनाएकाे छ । साे संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८९९ पुगेको छ ।