शनिबार, चैत्र २८, २०७७

कोरोना भाइरसका ५२२ सङ्क्रमित थपिए

२१ पुष २०७७, मंगलवार २०:२४
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका ५२२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५५१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५२२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले हालसम्म दुईलाख ६२ ह्जार ७८४ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार २२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो २४ घण्टामा ५७८ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५५ हजार ६६६ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको जनाएकाे छ । साे संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८९३ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share