बुधबार, साउन २०, २०७८

कोरोना भाइरसका ४०३ सङ्क्रमित थपिए

२० पुष २०७७, सोमबार १९:११
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका ४०३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४०१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४०३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले हालसम्म दुईलाख ६२ ह्जार २६२ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार २८९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो २४ घण्टामा ५९४ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५५ हजार ८८ जना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको छ । साे संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८८५ पुगेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share