आइतवार, चैत्र २९, २०७७

कोरोना भाइरसका ४२१ सङ्क्रमित थपिए

१९ पुष २०७७, आईतवार १९:२२
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका ४२१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा पाँच हजार आठ सय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म दुईलाख ६१ हजार ८५९ जनामा भाइरसबाट सङ्क्रमित भएको जनाएकाे छ । हाल पाँच हजार ४८७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो २४ घण्टामा ६३७ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५४ हजार ४९४ जना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । साे संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८७८ पुगेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share