बुधबार, साउन २०, २०७८

कोरोनाभाइरसका ४१९ सङ्क्रमित थपिए

१८ पुष २०७७, शनिबार १८:१०
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोनाभाइरसका ४१९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा पाँच हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले हालसम्म दुईलाख ६१ ह्जार ४३८ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार ७११ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो २४ घण्टामा ७५० जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५३ हजार ८५७ जना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । साे संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८७० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share