मृत्यु दावी रकम हस्तान्तरण
१७ पुष २०७७, शुक्रबार २२:२४सुर्खेत । प्राइम लाइफ इन्शोरेन्स मेहेलकुना सुर्खेतले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । गुर्भाकोट नगरपालिका ४ सहारे बस्ने फत्त ब बुढा को मृत्यु भएको हुँदा उहाँको श्रीमती छविकला कार्कीलाई रु ५ लाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
सहारे स्थित आँप टाकुरामा शुक्रबार आयोजित मृत्यु दावी रकम हस्तान्तरण कार्यक्रममा प्राइम लाइफ मेहेलकुना शाखाका प्रमुख ध्रुवप्रसाद शर्मा र वडा नम्बर ४ का वडाअध्यक्ष प्रसन्न कुमार शाहले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नु भएको प्राइम लाइफ इन्शोरेन्स मेहेलकुना शाखाले जानकारी दिएको छ ।
शाखा प्रमुखले बिमाको महत्वका बारेमा जानकारी दिनुभएकाे थियाे भने वडाअध्यक्ष शाहले गाउँ गाउँमा आएर बिमाले राहत दिएको खुसी हुँदै सबैलाई बिमा गर्न आग्रह गर्नुभयो । कार्यक्रम कम्पनीका एजेन्सिम्यानेजर भानुभक्त ढकालले सञ्चालन गर्नु भएको थियोे ।