बुधबार, साउन २०, २०७८

कोरोना भाइरसका पाँच सय ११ सङ्क्रमित थपिए

१५ पुष २०७७, बुधबार १८:३६
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका पाँच सय ११ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै सङ्क्रमित दुई लाख ६० हजार ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पाँच हजार ११० आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल छ हजार तीनसय जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो २४ घण्टामा छसय जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ५१ हजार ९१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सात जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८४७ जनाको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share